हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु
विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |
विन्डोज बटनसँगको सटकर्टहरु
1. Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ |
2. Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
3. Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
4. Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
5. Windows Key + . : इमोजी मेनु खोल्न
6. Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
7. Windows Key + S: सर्च गर्न
8. Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
9. Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
10. Windows Key + PrtSrc : स्क्रिनसट लिन
11. Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
12. Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न
13. Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु
14. Ctrl + C: टेक्स्टलाई कपी गर्न
15. Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
16. Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
17. Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
18. Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
19. Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
20. Alt + Left arrow : पछाडी आउन
21. Alt + Right arrow : अगाडि जान
22. Alt + Enter : जानकारी देखाउन
23. Alt + Spacebar: अप्सन मेनु खोल्न
24. Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न
25. Alt + F4 + enter : कम्प्युटर/ ल्यापटपलाई तु बन्द गर्न
एकमात्र बटन थिचेर हुने सटकर्टहरु
26. F1 : सहयोग मेनु खोल्न
27. F2: फाइलको नाम परिवर्तन गर्न
28. F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
29. F5: रिफ्रेश गर्न
30. F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
31. Delete / Del: केहि कुरा डिलिट गर्न
32. Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न
33. F5: ट्याब रिलोड गर्न
34. Ctrl + F: मन लागेको शब्द सर्च गर्न
35. Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
36. Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न
37. Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न
0 Comments
Post a Comment