
के तपाईलाई थाह छ फिटकिरीका फाइदा ?
फिटकिरी एक औषधीय गुणयुक्त रासायनिक पदार्थ हो । फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ।
मानव शरीरमा- फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ।
पातलो कपालमा
- मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५-२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।
दुखाई काम गर्न
- दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ।
स्वच्छ छालाका लागि
- म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ। तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०-१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस्। हप्तामा २-३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ।
छाला फुटेमा
- जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो। फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ।
तनाव कम गर्न
- फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस्। शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ। हृदयलाई स्वास्थ्य राख्न
- फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ।
चिसोले हात खुट्टाको औंला सुनिएमा
- चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ। मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ।
टन्सिल भएमा
- टन्सिनको समस्या छ भने फिटकिरी पानीले गारर गुरर गर्दा छिटो सन्चो हुन्छ।
काटेको घाउमा
- काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस्। रगत बन्द हुन्छ। साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो।
आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २ थोपा बिहान बेलुका हाल्नाले ठीक हुन्छ ।
ज्वरो आएमा
- दिनदिनै वा ३,४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३,४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
मलेरिया ज्वरोमा
- फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
दम खोकीमा
- दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
पेट बटारिएर दुख्ने रोगमा
- फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहान र बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
दन्त शूलमा
- सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
डण्डिफोर र छालाको चायामा
- फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
काखी र खुट्टाको दुर्गन्धमा
- हप्ता दिनसम्म नुहाए पछि दुवै काखीमा फिटकिरी दल्ने गरेमा काखी को दुर्गन्ध ठिक हुन्छ त्यस्तै हप्ता मा ३-४ दिन मनतातो पानीमा फिटकिरी को धुलो १-२ चिम्टी राखेर खुट्टा डुबाउने गरेमा खुट्टाको दुर्गन्ध ठिक हुन्छ ।
0 Comments
Post a Comment