आयुर्वेदिक प्रणाली अनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ।
यस्ता छन् बहुउपयोगी टिमुरका फाइदाहरुः-
१. यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिका रूपमा हुन्छ ।
२. ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।
३. टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ ।
४. खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ ।
५. जाडो मौसममा बढी लाभदायी हुन्छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्