
जान्नुहोस् खजुरका ५ फाइदा
जाडो मौसममा खजुर खाएर धेरै लाभ लिन सकिन्छ । खजूरमा पोषक तत्वहरुको भण्डार हुन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ ।
जान्नुहोस्, खजूरका निम्न ५ फाइदा:हड्डीलाई बलियो बनाउँछ – खजूरमा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ । यस्तै, यसमा पाइने क्यालसियम, सेलेनियम, म्यागनीज र कपरको मात्राले पनि बलियो बनाउँछ ।
रोग प्रतिरक्षा शक्ति – खजूरको सेवनले तपाईको प्रतिरक्षा शक्तिलाई बढाउँछ । यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।
छालाको लागि फाइदाजनक – खजूरले छालालाई पनि फाइदा पुर्याउँछ । खजूर खानाले अनुहारमा चमक र निखारता आउँछ ।
वजन बढाउँछ – यदि तपाईको वजन कम छ भने खजूर जरुर खाने गर्नुहोस् । यसले तपाईको वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ । यसका लागि दैनिक चारदेखि पाँच वटा खजूरका दाना नियमित खाने गर्नुपर्छ ।
तुरुन्त ऊर्जा दिन्छ – यदि तपाईलाई थकाई महशसु भएको बेला खजूर खानु भएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ । खजूरमा ग्लूकोज, फ्रक्टोल र सुक्रोज आदि तत्व पाइन्छ ।
0 Comments
Post a Comment